पहिरोमा परि घाइते भएका बालकको, हेलिकप्टरबाट उद्धार

ललित विष्ट कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ छिल्पे भिरमा पहिरो आउदा एकजना बालक सख्त घाइते भएका छन्। नरहरिनाथ गाउँपालिका -६ माल्कोटका करे बटालाका छोरा वर्ष १३ का अनिल बटाला खुलालुबाट माल्कोट जानेक्रममा करिब ११ बजे तिर छिल्पे खोलाको भिरमा पहिरो आउदा सख्त घाइते भएका हुन ।

उनको टाउकोमा चोट लागेको छ। अहिले उनको उद्धार गरि  थप उपचारको लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

पछिल्लो समय हेलि उद्धार उपयुुक्त भएको भएता पनी  जिल्लामा राम्रो उपचारको लागि उपयोक्त अस्पताल तयार हुनुपर्ने उनको भनाई छ ।

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत लगिएको  डाक्टर शंकेत विश्वक्रमाले बताए । उनले भने विरामीको टाउँकोमा जटिल चोट लागेका कारण जिल्ला अस्पताल कालीकोटमा उपचार सम्भव नभएपछि आवस्यक उपचारको लागि सुर्खेत पठाइएको छ।