
कार्तिक ६,सुर्खेत। वीरेन्द्रनगर ७, सुर्खेत स्थित कटकुवा सामुदायिक वनमा आज बिहान पौने ११ बजे बम विस्फोट भएर घाँस काट्न गएका दुई जना घाइते भएका छन्।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन्।घाइतेहरुको स्थानिय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ। घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।



karnalipress
६ कार्तिक २०७८, शनिबार १८:३९