
चैत २४,कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं ८ की ५० वर्षिया काली रोकायाले आफुहरु वोल्न र लेख्न सक्ने भएको बताएका छन्। बमले गाउँपालिकाको समन्वयमा किर्डाक नेपाल पलाँताले गाउँमै आएर साक्षरकक्षा सञ्चालन गरेपछि आफुहरु साक्षर भएका कारणले लेख्न सक्ने भएको बताएका हुन् । हामी सारै खुसि छौ । उनले भने पहिला हस्ताक्षर गर्न नजान्दा रोटी वनाउने तावाको कालो मुसो हातमा लगाएर ल्याप्चे गर्ने महिलाहरु आज आफै हस्ताक्षर गर्न सक्ने भएको प्रति आफैलाई गर्व लाग्छ ।
लेख्न पढने मात्र होइन, हामी वडा तथा गाउँ सरकारका वारेमा राम्रा कुराको प्रशंसा र नराम्रा कुराको बिरोध गर्नपनि सक्षम भएका छौ, काली रोकायाको भनाई । स्थानीय काली रोकाया संगै वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडा नं ८ कै आम्पुरा बमले पनि आफुले हस्ताक्षर आफै गर्दा धेरै पढेको अनुभुती हुने गरेको सुनाए ।
गाउँपालिकाको समन्वय, मिसन इष्टको प्राबिधिक सहयोग, किर्डाक नेपालको सहजिकरण र वडापालिकाले आयोजना गरेको वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गदै आम्पुरा बमले महिलाका नाममा आएको वजेट कहाँ कसरी खर्च हुन्छ भनिन् उनले गाउँमा आशा सस्थाले कुखुरा पालन, वाख्रा पालनमा सहयोग गछौ भनेर महिला समुह गठन गर्न लगाएको तर सहयोग नगरेको भन्दै कहाँ छ त्यो सँस्था खोजि गर्ने दाहित्व वडा सरकारको भएको बताईन् । उनले वडा सरकारले के हेरेर वसेको छ । जनताका आबस्यक्ता के हुन भन्दै प्रश्न गरिन् ।
अम्पुरा बमको प्रश्न प्रति गम्वीर हुदै वडा अध्यक्ष पटकवहादुर बमले आशा परियोजनाले आर्थिक वर्ष २०७६, ०७७मा गम्वीर गल्ती गरेको, महिला कृषक समुहलाई बितरण गर्ने भनि ल्याएको समान समेत जितेमा अलपत्र पारेको कुरा वडा सरकारलाई जानकारी भएको भन्दै अव वाँकी जनताका कुरा लिएर आफु आशा परियोजनाको कार्यालयमा जाने प्रतिवद्धता गरे। पलाँता २ का अनिरुद्ध न्यौपानेले सडक, खानेपानी पुग्नु सुखद पक्ष भएपनि आफै योजना दिने र आफ्नै डोजरले काम गरेर आफै रकम बुझेर लैजाने पलाँता सरकारका प्रतिनिधिको वानी आफुलाई मन नपरेको सुनाइन्। उनले भनिन् सरकारले जनतालाई काम दिने हो । आफै यो्जना दिउ भनेर भाषण गर्ने र आफ्नै डोजरले काम गरेर जनतालाई सुक्को पनि पैसा हात नलाग्ने गरी कामवाट वञ्चीत गर्नु जनता प्रतिको बेईमानी भएको छ ।
पलाँता २ को राडुनेटामा आयोजित वडाको सार्वजनिक सुनुवाई कार्यक्रममा सरकारको समर्थन र बिरोध वरावर गरेका थिए। उनिहरुले बिकास गरेको प्रति धन्यावाद दिदै जनतालाई रोजगारी नदिएको प्रति आपती जनाएका छन् । पलाँता ७ का वडा अध्यक्ष बर्जवहादुर बमले प्रतिनिधि मिल्न नसक्दा पलाँतामा सोचेजतीको बिकास हुन नसकेको स्वीकार गरे । उनले वडाको केन्द्र कायम गर्न नसक्नु आफ्नो कम्जोरी भएको भन्दै आलोचित समेत रहेका थिए ।गाउँपालिका भरीका नौ वटै वडाको सार्वजनिक सुनवाईको सहजिकरण किर्डाक नेपाल पलाँताले गरेको थियो भने आयोजना वडा सरकारले गरेका थिए ।
पलाँतामा सञ्चालीत सहचाल परियोजनाका संयोजक पदम कठायतले सरकारको सहयोगीका रुपमा आफुहरुले काम गरिरहेको बताए । उनले पलाँताका महिलालाई साक्षर बनाउने, सचेत पार्ने र सरकारलाई जनता प्रति उत्तरदायी बनाउन आफुहरुले पलाँता सररकारका प्रया सबै काममा सहयोग पुगाएकाले वडा स्तरको सार्वजनिक सुनुवाई कार्यक्रम आफुहरुले सहजीकरण गरेको सुनाए। तीन चरणमा पलाँताका सबै वडा को सार्वजनिक सुनुवाई सकिएपनि गाउँपालिका स्तरको भने समय अभावका कारणले हुन सकेको छैन । गाउँपालीका अध्यक्ष लक्ष्मणवहादुर बमले समय मिलाएर २०७९ साल बैशाख ५ गते सम्म गाउँपालिका स्तरको सार्वजनिक सुनुवाई गर्ने बताएका छन्।
karnalipress
२४ चैत्र २०७८, बिहीबार ०८:३१