बैशाख २३,कालिकोट। नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष तथा खाँडाचक्र नगरपालिका नगरप्रमुखका उम्मेदवार जसीप्रसाद पाण्डेले गठबन्धनका उम्मेदवार भन्दा दोब्बर मत ल्याएर आफु जित हाँसिल गर्ने बताएका छन् ।
शुक्रबार आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै स्थानीय तहको निर्वाचनमा आफुले गठबन्धनका उम्मेदवार भन्दा भारी मतले जित हाँसिल गर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ मा ८०० मतान्तरले जित हाँसिल गरेको थिए, यसपालि त्यो धन्दा दोब्बर मत ल्याएर जित्छु नगर प्रमुखका उम्मेदवार पाण्डेले भने ।
’म सँग प्रतिस्पर्धा गरेर चुनाव जित्छु भन्ने आकलन गर्नु प्रतिस्पर्धी उम्मेदवारको दुर्भाग्य पूर्ण अबस्था हो’। ’उनले थपे, मोटो रकमले कोही कसैको मन नजितिने बताउदै जनताको मन जित्न निश्चित भिजन भएको व्यक्ति जनतालाई आवश्यक रहेको बताए।
यस अघि २०७४ सालको निर्वाचनमा आफु नगरको प्रमुख हुँदा पाँच बर्षसम्म आफुले गरेको कामको प्रसंशा गर्दै नगरबासिले फेरी आफुलाई चुनाव जिताउने अबसरको थालनि गरेको खाँडाचक्र नगरपालिका नगर प्रमुखका उम्मेदवार जसी प्रसाद पाण्डेले बताए । प्रतिबद्धता पत्र प्रस्तुत पछि उपस्थित पत्रकारले गरेका प्रश्नको जवाफ फर्काउदै पाण्डेले यसअघिका अधुरा कामलाई पुनः निरन्तरता दिन र प्रतिबद्धता पत्रमा उल्लेखित नयाँ कामको जोड दिने बताएका थिए ।
सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पुरा गर्न सुशासन, समृद्धि र समाजवादको आधार, पालिका पालिकामा एमालेको सरकार“ भन्ने नेकपा एमालेको केन्द्रीय घोषणपत्र लाई पूणर्रुपमा आत्मसात् गर्दै खाँडाचक्र नगरपालिकाले ०७४ पछि समृद्ध नगरको परिकल्पना गर्दै भौतिक पूर्वाधार, समाजका लागि आगामि ५ बर्ष भित्र पुरा गर्ने आफ्नो अठोटका साथ प्रतिबद्धता प्रस्तुत गरेका हुन ।
karnalipress
२३ बैशाख २०७९, शुक्रबार २१:५९