एमाले कालिकोटले टुंग्यायो ९ स्थानीय तहको उम्मेदवार

बैशाख ११,कालिकोट । नेकपा एमालेले कालिकोटका ९ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका ९ ओटै स्थानीय को मेयर, उपमेयर,अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो ।एमालेले कालिकोटको खाँडाचक्र नगरपालिका प्रमुखमा जसिप्रसाद पाण्डे र उपप्रमुखमा मिना शाहीलाई उम्मेदवार बनाएको छ ।

यस्तै रास्कोट नगरपालिका प्रमुखमा दयाराम सिम्खडा र उपप्रमुखमा उमा शाहीलाई उम्मेदवार बनाएको छ ।तिलागुफा नगरपालिकाको प्रमुखमा महेन्द्रबहादुर शाही उपप्रमुखमा सत्यदेवी उपाध्याय,पचालझरना गाउँपालिकाको अध्यक्षमा सविना बोगटी र उपाध्यक्षमा रन रोकायलाई चयन गरिएको छ ।

एमालेले सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा ब्यासी तिरुवा (विकास) र उपाध्यक्षमा पार्वती सिंह,नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बुढा, उपाध्यक्षमा जमुनाकुमारी शाहीलाई उम्मेदवार बनाएको छ ।यस्तै जिल्लाको शुभकालिका गाउँपालिकाको अध्यक्षमा भरतराज धिताल र उपाध्यक्षमा लक्ष्मी चौलागाईलाई चयन गरिएको छ ।

त्यसैगरी एमालेले महावै गाउँपालिकाको अध्यक्षमा दानसिंह सेजुवाल  र उपाध्यक्षमा सुभद्रा सिंह, र पलाँत गाउँपालिका अध्यक्षमा राजबहादुर बम र उपाध्यक्षमा जलसा बुढालाई उम्मेदवार बनाएको एमाले स्रोतले जनाएको छ ।