पत्रकारहरुलाई मिडिया अभिमुखीकरण

कात्तिक २४,कालिकोट। कालिकोट जिल्लाको मान्ममा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिहिबारा जिल्ला निर्वाचन कार्यालय कालिकोटको आयोजना तथा IFES को समन्वय र सहगोगमा निर्वाचनमा सन्चार माध्यमको भुमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बारेमा छलफल गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र्शमाले निर्वाचनमा मिडियालेसबै पक्षको निगरानी गर्ने,आफू र अरूलाई आचारसंहिता पालना गर्न,गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने,सन्चारकर्मीले नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य,तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने,वच्छ, निष्पक्ष,सबल र थप मर्यादित बनाउन र निवाचनलाई भयरहित तरिकाले सम्पन्न गर्न आचारसंहिता पालनामा सन्चारमाध्यमले अहम भुमिका खेल्नुपर्ने बताए ।

साथै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले कार्यक्रममा पत्रकारलाई आचर सहिताका बारेमा जानकारि दिदै समाचार सप्रेषणका क्रममा मेरो तेरो र अर्काको पार्टी नभनि निश्पक्ष तवरले आआफ्नो तहवाट निर्वाचन आचारसंघिता विपरित समाचार सम्प्रेषण नगर्न आग्रहगर्दै,निर्वाचन आभारसहिताको बारेमा,निर्वाचनलाई स्वतन्त्र,स्वच्छ,निष्पक्ष,धाँधलीरहित र भयरहित तरिकाले सम्पन्न गर्न सञ्चार माध्यम तथा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत भरत लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो। उम्मेदवारलाई कानुनको अधिनमा रहि प्रचारप्रसार,आचारसंघिता विपरित नगर्न र अनुगमन गर्ने निकायले पनि स्वच्छ र निष्पक्ष गर्न जानकारी दिए कोही कसैले आचारसंघिता उलङगन गरेको पाईएमा कानुन बमोजिम कार्वाही गर्ने र मेरा लागि सबैपार्टीका उम्मेद्वार बराबर भएको मुख्य निर्वाचन अधिकृत भरत लम्साले बताए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख,निर्वाचन कार्यालय प्रमुख नन्दराम चौलागाई,जिल्लाका क्रियासिल संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।