गाउँ केन्द्रित हुँदै कालिकोट कांग्रेस

भाद्र ११, कालिकोट।  नेपाली कांग्रेसले गाउँ केन्द्रित हुन थालेकाे छ। आगामी मंसिर ४  गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि  गाउँ केन्द्रिय कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे।

जनमत आफ्नो पक्षमा पार्न मतदाताका राय सल्लाह सुझाव लिन पार्टीकाे केन्द्रिय निर्देशन अनुसार “जनताका साथमा काँग्रेस” अभियान लिएर घरदैलो गर्न लागिएकाे हाे।

नेपाली कांग्रेस कालिकोटका सभापति अम्बबहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाही,नेपाली कांग्रेस कालिकोटका उपसभापति नन्दबहादुर शाही, सचिव मात्रिका सिंह, कोषाध्यक्ष केशरसिंह बम, शुभकालिका गाउपालिका उपाध्यक्ष एवं कांग्रेस नेतृ धर्मा शाही, कांग्रेस नेताहरु मनराज शाही, दानबहादुर बम, नन्दबहादुर सिंह, यसोधा शाही, अशोकनाथ योगी, अम्मलराज शाही, टिकाराम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बिस्नप्रसाद न्यौपाने लगायतका नेताहरुले जनताको साथमा कांग्रेस अभियान प्रभावकारी बनाउनेमा जोड दिएका छन् ।

उनीहरुले कांग्रेसकै नेतृत्वमा हुने संघ र प्रदेशको निर्बाचनमा स्वतन्त्र, निस्पक्ष रुपमा जनतालाई मताधिकारको प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका छन। नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा सुबेश्छुक संघ सस्थाहरुका नेताहरुलाई पाटीको अभियान जनताको साथमा कांग्रेस अभियान सफल बनाउन सक्रिय हुन नेपाली कांग्रेस कालिकोटका सभापति अम्बबहादुर शाहीले निर्देशन दिए।

उनले कांग्रेसका सबै नेताहरु गाउँ केन्द्रीय बनौँ । जनताका सुख दुखमा साथ दिऊ । कांग्रेसले अहिलेसम्म गरेका राजनीतिक, सामाजिक आर्थिक परिवर्तनहरुका बिषयमा चर्चा गरौँ । अहिले कांग्रेसबाट जनताले गरेको अपेक्षा सुनौँ । उनले कालिकोटमा पाटीको संगठन मजभुत हुँदै गएको बताउदै थप उर्जाका साथ अभियानमा सहभागी हुन आग्रह समेत गरेकाछन् ।