गोलाप्रथाबाट वडाध्यक्षमा समाजवादी विजयी

जेठ ३, कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडानं. ३ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र नाथ योगी विजयी भएका छन्। नेकपा माओवादी केन्द्र का दंगले सार्की र योगीले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नेकपा एकीकृत समाजवादीका योगी विजयी भएका हुन्।

मंगलवार सम्पन्न मत गणनामा नेकपा एकीकृत समाजवादीका राजेन्द्रनाथ योगिले ३ सय १४ मत ल्याएका छन् भने अर्का नेकपा माओवादी केन्द्रका दंगले सार्कीले पनि ३ सय १४ समान मत पाएपछि गोलाप्रथा गरिएको थियो। गोलाप्रथाबाट एकीकृत समाजवादीका राजेन्द्र नाथ योगी वडाध्यक्षमा विजयी भएका छन्