उत्पादनमा जोडदिदै मनाइयो धान महोत्सव

ललित विष्ट कालकोट ।
कालीकोट जिल्लामा पनी २१ औं धान दिवस मनाइएको छ। जिल्ला कृषि विकास कार्यालयको आयोजनामा शनिवार जिल्लाको खाँडाचक्र नगरपालिका—३ ताडीमा धान दिवस तथा धान महोत्सव मनाइएको हो ।

जिल्लामा उत्पादन हुने धान लगाएतका कृषिवालीलाई उत्पादनमा जोडदिदै धान महोत्सव मनाइएको छ। यो वर्ष कालीकोटमा भने ६५ प्रतिसद धान रोपाइ भएको र,बाकी ठाउँमा पनी अहिले रोपाइ चलिरहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए।

लामो समयसम्म परेको खडेरीको कारण किसानले समयमा नै बीउ राख्न नपाएको र रोपाइँ पनि समयमा नै गर्न नपाउँदा असार १५ सम्म कमै रोपाइँ भएको उनको भनाई छ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

मध्य गर्मीको यो समयमा युवा हलि र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यो वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

सरकारी निकायले विभिन्न कार्यक्रम गरेर दिवस मनाए पनि किसान भने सिँचाइ र समयमा नै रासायानिक मल नपाउँदा समस्यामा छन् । यस्तै अन्य पालिकाहरुले पनि धान दिवस भव्यताकासाथ मनाएका छन् । पालिकाका पशु शाखाले आफ्नो तयारी पूरा गरेर कार्यक्रम गरेका छन् ।