नेकपा एमाले जुम्लाको बास्तविकता र भ्रम

 नौरते नेपाली, भाद्र २१,जुम्ला । नेपालको राजनीतिक यति बेला गरम गरम भएको छ । नेकपा एमाले फुटाउन शेरवहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनको अध्यायदेशले नेकपा एमाले र जसपा विभाजन तिर लागे । एमालेलाई फुटाएर राज गर्ने ध्येयका साथ २० प्रतिशत पुराए दल विभाजन गर्न मिल्ने अध्यायदेशले नेपालको राजनीतिकले नयाँ मोड लिएको हो । यसले तत्कालका लागि एमाले र जसपालाई घाटा भएता पनि भविष्यमा नेपाली काँग्रेस, माओवादि र अन्य दलहरुलाई पनि मलजल पुग्ने आंकलन गरिएको छ ।

एमाले नेतृत्वको सरकारले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना, २०७२ मा भूकम्पले ढलेको धराहरा र रानीपोखरी निर्माण, मेलम्चीको आयोजना, जनकपुर जयनगर रेलमार्ग, प्रावाहन सन्धीसम्झौता लगायतका महत्वपूर्ण कदमले गर्दा विकास निर्माणको कार्यले नयाँ मोड लिएको देख्न नसक्ने पार्टी भित्रकै प्रतिक्रियावादि शक्तिका कारण दुई तिहाईको सरकार अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छ । नेकपा एमाले प्रति नेपाली जनताको आशा र भरोसा रहेकाले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा नेपाली जनताले नेकपा एमालेको काँधमा आएको छ । जनताको जीवनशैलि सुधार हुने गरी काम गर्न ताजा जनादेशमा एमाले जान खोज्दा अन्य दलहरु डराएको नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष गोरख बोगटिले बताउनु भयो ।

पार्टी भित्रकै अन्तविरोध र केपी शर्मा ओलीले गरेको कामलाई देखि नसहने व्यक्तिका कारणले अहिलेको अवस्था सृजना भएको उहाँले सुनाउनु भयो । नेकपा एमाले जुम्लामा सकियो भनेर केहि दिन अघि संचार माध्यममा आएको समाचाप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष बोगटिले देशको नेतृत्व गर्ने जिम्मेवारी नेकपा एमालेको काँधमा आएको बताउनु भयो । आउँदो निर्वाचनबाट जनताको भारी मतले नेकपा एमाले सबै भन्दा ठुलो दल हुने उहाँले दावी गर्नु भयो । अदालतको परमादेशबाट गठन भएको सरकारको आयु लामो नहुने भन्दै उहाँले केपी शर्मा ओलीलाई उछिन्ने गरी काम गर्न कसैले नरोकेको बताउनु भयो ।

नेकपा एमालेका संस्थापक र नवौँ महाधिवेशनबाट निर्वाचित सबै नेताहरु एमालेमै आवद्ध रहेको बोगटिले बताउनु भयो । माधव नेपालले पार्टी फुटाएका होइनन ? उहाँले भन्नुभयो प्रतिक्रियावादिको इशारामा चोइटिएर गएका हुन् । माधव नेपालले पार्टीलाई तहस नहस गर्न र जबजको सिद्धान्तलाई बिर्सजन गर्न अपनाएको हतकण्डलाई नेपाली जनताले परास्त पार्ने उहाँको दावी छ । नेपालको राजनीतिक इतिहासमा चोइटिएर गएकाहरुको भविष्य मैले देखेको छैन उहाँले भन्नुभयो । निर्माण भएको घरमा बस्नु र घर निर्माण गरि बस्नुमा धेरै फरक हुने उहाँले बताउनु भयो । प्रदेश कमिटि सदस्य तथा पूर्वराज्यमन्त्री बलहादुर महतले नेकपा एमालेका संस्थापक नेताहरु नेकपा एमालेमै रहेको दावी गर्नु भयो । २०३० साल फागुन ३० गते जुम्लामा पहिलो पटक पार्टी स्थापना भएको स्मरण गर्दै उहाँले भन्नुभयो तोयानाथ योगि, भक्तवहादुर रोकाया, कृष्ण प्रसाद देवकोटा र स्वयम आफु नेकपा एमालेको संस्थापक भएको बताउनु भयो ।

हाल रोकाया नेपाली काँग्रेसमा आवद्ध रहेको महतको भनाइ छ । नेकपा एकिकृत समाजवादिका साथीहरुले संस्थापक सहित सबै एमालेमा नरहेको भनि टिएको अभिव्यक्तिलाई खण्डन गर्दै उहाँले संस्थापक नेता को कता छन् ? राम्रोसँग हिसाब किताब गर्न आग्रह गर्नुभयो । नेकपा एमालेलाई सिध्याउन खोज्ने चेष्टा नगरे हुन्छ उहाँले भन्नुभयो तागत र हिक्मत भए जबजको सिद्धान्त अगिंकार गर्नुहोस । बजारमा समाजवादिका साथीहरुले फैलाएको हल्ला, गलत प्रचार र भ्रममा नपर्न उहाँले आम कार्यकर्तालाई अनुरोध गर्नु भएको छ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु अनुशासित र अरुको प्रलोभनमा नपर्ने भएकाले आफ्नो स्वाभिमानलाई बचाई राख्न महतले अनुरोध गर्नु भएको छ । २०७० साल तिर नेकपा एमाले जिल्ला कमिटिको अधिवेशन हुँदा माधव पक्षका व्यक्तिहरु मात्रै जिल्ला कमिटिमा आएकाले अहिले सबै समाजवादिमा गएको कुरा नयाँ नभएको उहाँको भनाइ छ । जिल्ला कमिटिका २० जना सदस्य नेकपा एमालेमै रहेको महतले जानकारी गराउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधि एमालेमा रहेको दावी गर्दै उहाँले एकात व्यक्ति समाजवादिमा गएको जानकारी गराउनु भयो । जनप्रतिनिधि को कहाँ छन त ? जुम्लाका आठवटा स्थानीय तहमा नेकपा एमालेका ९३ जना जनप्रतिनिधि छन् । अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष १७ र ७४ जना सदस्यहरु रहेको नेकपा एमालेले जनाएको छ । कनकासुन्दरीमा १ वडाध्यक्ष सहित ११ जना प्रतिनिधि मध्ये ८ जना एमालेमै रहेका छन् । यस्तै सिंजा गाउँपालिकामा २ वडाध्यक्ष सहित १० जना मध्ये ८ जना नेकपा एमालेमै रहेका नेकपा एमालेका नेता तथा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगिले बताउनु भयो । हिमा गाउँपालिकामा २ जना वडाध्यक्ष सहित १० जना मध्ये ४ सदस्य एमालेमा रहेको उहाँले जानकारी गराउनु भयो।

योगिका अनुसार तिलामा ३ वडाध्यक्ष सहित १५ जना मध्ये ३ वटै वडाध्यक्ष सहित १४ जना नेकपा एमालेमा रहेको बताउनु भयो । तातोपानीमा २ वडाध्यक्ष सहित १२ जना मध्ये २ वटै वडाध्यक्ष सहित ११ जना एमालेमा रहेका छन् । चन्दननाथ नगरपालिमा ३ वडाध्यक्ष सहित १६ जना मध्ये ३ सदस्य मात्रै एमालेमा छन् । सबै भन्दा कम नगरपालिमा जनप्रतिनिधि एमालेमा रहेका छन् ।

गुठीचौरमा ३ वडाध्यक्ष सहित १३ जना मध्ये १ वडाध्यक्ष सहित ४ जना नेकपा एमालेमा रहेको नेता धिरेन्द्रराज गिरीले बताउनु भयो । उहाँका अनुसार पातारासिमा १ वडाध्यक्ष सहित ४ जना सदस्य मध्ये ३ जना एमालेमा रहेको जानकारी गराउनु भयो । समग्र जुम्लामा नेकपा एमालेबाट जितेका १ गाउँपालिका अध्यक्ष नेकपा एमालेमै आवद्ध रहेको गिरीले बताउनु भयो । गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १ जना, वडाध्यक्ष १०, वडासदस्य ४९ जना सहित ६१ जना नेकपा एमालेमा रहेको गिरीको भनाइ छ । एकजना वडाध्यक्ष तटस्थ छन् ।