
बैशाख २६,कालिकोट। बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काकिलोटमा मदिरा सेवन तथा किनबेचमा रोक लगाइएको छ । जिल्ला प्रशासन कालिकोटको बैठकको निर्णय अनुसार वैशाख २६ गते सोमबारदेखि मत गणनाको परिणाम घोषणा नभएसम्म कालिकोट जिल्लाभर मदिरा सेवन तथा किनबेचमा निषेध गने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्मले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरण नगरिदिनुहुन सम्पुर्ण जिल्लाबासिलाई आग्रह गरिएको छ । सुचनाको अबेज्ञा गरि कोहि कसैले यस्तो कार्य गरे गराएमा कानुन बमोजिम कार्बाही गरिने जिल्ल प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।



karnalipress
२६ बैशाख २०७९, सोमबार १८:३४