कालीकोट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै माइक काटिएको छ।ओलीले अतिथि दलका नेताका रुपमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा बोलिरहँदा अचानक माइक काटिएको हो।
आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली रिसाएका छन्। उनले माइक काटिएपछि शेरबहादुरजी बोलून् भन्दै ड्यास छाडेका थिए।तर केही बेरपछि माइकको आवाज आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बोल्न दिएका थिए।
उनले माइकको आवाज आएपछि केही बेर कुरा राखेपछि आफूलाई बोलाएको भन्दै कांग्रेस सभापति देउवालाई धन्यवाद दिए।
karnalipress
२४ मंसिर २०७८, शुक्रबार १६:५५