
बैशाख १३,कालिकोट । कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा उम्मेदवार नपाए पछी दल अदल बदल भएका छन् । आईतबार कर्णली प्रदेशमा गठबन्धनले भागवण्डा गरे पछी जिल्लामा टिकट बितरणमा माओवादी केन्द्रबाट बहुमतले गरेको निर्णय अवेज्ञा गरि पलाँता गाउँपालिमा माओवादी केन्द्रका नेता ईन्द्र रोकायालाई टिकट दिए पछी ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवम् पलाँता गाउँकमिटिका ईन्चार्ज समेत रहेका नेता अनन्त विश्वकमा (राजेश)सहित पलाँताका ८५ जना गाउँकमिटिमा अध्यक्ष सहितले एमालेमा प्रवेश गरेका हुन्। पटक पटक पार्टीले असहयोग गर्दै पावर र पैसाको भरमा टिकट बितरण गरेको भन्दै उनिहरु एमालेमा प्रवेश गरेका हुन् ।
गाउँपालिकाको आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमाले पलाँताको तर्फबाट अध्यक्ष उमेरदवार राजेशलाई पार्टीले टिकट बितरणा सगेत गरेको छ । अन्य वडाहरुमा पनि नव प्रवेशिकालाई स्थानदिने एमाले कालिकोटले जनाएको छ । यस्तै नेपाली कांग्रेस नेता निलो तिरुवा सहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।
कांग्रोसका प्रभावशाली नेता निलो तिरुवा सहित ५० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।लामो समयदेखी नेपाली कांग्रेसमा गरेको योगदानको कदर नभएको भन्दै आफु सहित कार्यकर्ता एमालेमा ल्याएको बताएका उनले बताएका छन् । लामो समयदेखी नेपाली कांग्रेसमा रहेका नेता तिरुवव २०७४ सालको स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका वडा नम्बर ११ को वडा सदस्यमा निर्वाचित सदस्य पनी हुन ।
यस्तै नेकपा माओवादी केन्द शुभकालिका गाउँपालिकाका नेता गंगबहादुर महतारा (एमस्टार) एमाले प्रवेश गरेका छन् । जनयुद्धका लडाकु समेत रहेका प्रभावशाली युवा नेता महतारालगाएत काशिराम महतारा,अनसेजुवाल,लल्ते विकलगायत माओवादीकेन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन ।
यस्तै खाडाँचक्र नगरपालिका वाडान ५ बाट नेपाली मांग्रेस पार्टी परित्याग गरि भिम बहादुर शाहीको नेतृत्वमा ४० जना नेकपा एमालेमा प्रवेश गरेका छन्। अन्य नेता कार्यकर्तालाई एमाले कन्द्रिय सदस्य नगेन्द्र शाही (नेशनल) र पार्टी अध्यक्ष तथा खाँडाचक्र नगरपालिका मेयरका उम्मेदवार जसीप्रसाद पाण्डेलगाएतले स्वागत गरेका हुन ।



karnalipress
१३ बैशाख २०७९, मंगलवार ०६:५०