
३ फाल्गुन,दैलेख दैलेखमा। अबैध गरगहना बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सोमबार सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ च ३२१३ नम्बरको बोलेरो गाडिमा राखिएको अवस्थामा ५५ लाख ४० हजार १ सय ३९ रुपयौँ बराबरको गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।
प्रहरीका अनुसार सुर्खेतबाट दैलेख आउदै गरेको गाडि रोकी चेक जाँच गर्दा उक्त गाडीमा सवार सेल्स मेनको रुपमा कामकाज गर्छु भनी बताउने साविककाे नारायणपुर गाविस वडा नं.९ कैलाली घर भई दाँङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. १७ बस्ने डम्बर प्रसाद ढुंगाना र चालक जिल्ला टिकापुर नगरपालिका वडा नं. ९ कैलाली घर भई घरभई हाल बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ एरिचोक सुर्खेत बस्ने २६ बर्षका दिपक पाण्डेले चलाई ल्याएको भे १ ज ३२१३ नं. डवल क्याप बोलेरोमा चादि जस्तो देखिने वस्तुवाट बनेका विभिन्न गहनाहरु २१.७२५ किलोग्राम अन्दाजी रु २४ लाख ७६ हजार ६ सय ५० मुल्य बरावरको र पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिव्वाहरु लगायतका अन्दाजी रु १ लाख ६३ हजार ४ सय ८९ रुपैयाँ मुल्य बराबरको अबैध सामानहरु परेको प्रहरीको भनाई छ ।
गाडी चालक दिपक पाण्डे र आफुलाई सेल्स मेन बताउने डम्बर प्रसाद ढुंगाना चढेकाे भे १ ज ३२१३ नं. डवल क्याप बोलेरो गाडीमा अन्दाजी रु २९ लाख मुल्य बरावरको गाडिमा चादि जस्तो देखिने वस्तु र अन्य बरामद भएको समानहरु सहित ५५ लाख ४० हजार १ सय ३९ रुपयाँ बरामद गरि आवश्यक कार्वाहीको राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाकेमा पठाईएको प्रहरीले जनाएको छ ।



karnalipress
३ फाल्गुन २०७८, मंगलवार २०:०८