
साउन ३,कालिकोट । कोरोना पिडितलाई राहत नदिएर पहुँचवालालाई राहत दिएको भन्दै पचालझरना गाउँपालिका-७ को वडा कार्यालयमा स्थानीयले तालाबन्दि गरेका छन्।
वडा अध्यक्ष कलबहादुर एैडीले कोरोना पिडितलाई दिने दश हजार रुपैयाँ आफ्ना आफन्त र चुनावमा खटिने कार्यकर्तालाई दिएको भन्दै विज्ञप्ति जारी गर्दै स्थानियले सोमबार ताला लगाएका हुन ।
वडाअध्यक्ष एैडीले वास्तविक कोरोना पिडित ८० जना रहेको र रकम ३७ जनाको मात्र आएको हुनाले सबैलाई नसमेटिदा ताला लगाएको बताए ।उनले भने ‘मैले आफन्तलाई दिएको हैन छनौट भएका पिडितलाई बाँडेको हुँ।’
दुई दिनदेखी वडा कार्यालयमा ताला लाग्दा सेवाग्रहीले सेवा पाउन सकेका छैनन्।



karnalipress
३ श्रावण २०७९, मंगलवार १७:५७