माघ १७,कालिकोट। कालिकोटका बालबालिकालाइ मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । १२देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।
गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य सेवा कार्यालयका निमित प्रमुख रत्न विर सुनारले जानकारी दिए । सबै स्थानीय तहमा खोप लगाउन सुरु गरीएकोे छ । गत महिना १९ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो ।
स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन २० हजार डोजको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा हालसम्म ८२ हजार ५सय १० जनाले खोपको पहिलो मात्रा तथा ४९हजार २सय ३६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् यस्तै बुस्टर डोज लगाउने ६सय ५५ जनाले खोप लगाएका छन्। कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ।
karnalipress
१७ माघ २०७८, सोमबार १८:२४