
भाद्र १८ ,सुर्खेत । आइतबारदेखि सुर्खेतका सामुदायिक तथा निजी विद्यालय खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले कोरोना महामारीका कारण कारण लामो समयदेखि बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाको जोखिम नरहेका क्षेत्रमा भदौ २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्ममा विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
‘नगरको शिक्षा विकास तथा समन्वय इकाईको निर्देशन अनुसार विद्यालयहरु खुल्नेछन् । २६ गतेभित्र जिल्लाका सबै विद्यालय खोल्ने निर्णय भएको छ,’ विद्यालय खोल्दा तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने उनले छ । उहाँले भन्नु भयो
सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेको र त्यहाँ भौतिक रुपमा विद्यालय खुलाउन सकिने छ ।



karnalipress
१८ भाद्र २०७८, शुक्रबार २०:२१