
१५ माघ,कालीकोटः नेपाली काँग्रेस पचालझरना गाउँ कार्य समितिको आयोजनामा अगुवा कार्यकता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ७ औं जिल्ला अधिवेशन पछिको पहिलो अगुवा कार्यकता भेला पचालझरनामा सम्पन्न भएको हो ।
पचालझरना गाउँ कार्य समितिका सभापति प्रजापति संज्यालको सभापतित्व नेपाली काँग्रेस प्रदेश कार्य समितिका सदस्य लोकप्रिय युवा नेता दमनबहादुर शाहीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सचिव नगेन्द्र विष्ट, निर्वतमान सचिव पटकबहादुर शाही, प्रदेश सभा ख का सभापति आनन्द विक्रम शाहीलगायतको उपस्थितिमा अगुवा कार्यकता भेला सम्पन्न भएको छ ।
अगुवा कार्यकता भेलामा बोल्दै प्रमुख अतिथि प्रदेश कार्य समितिका सदस्य शाहीले नेपाली काँग्रेसको पक्षमा माहोल बिस्तार गर्ने योजना अनुसार अगाडि बढ्ने तरिकाले लाग्न कार्यकतालाई आग्रह गरे । काँग्रेसले गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कालीकोटमा बर्षेनी काँग्रेस पराजित हुन पुगेको बताए ।
पार्टी संगठन संचालनका गतिविधि सकारात्मक रूपमा भईरहेको बेलामा मात्र नभई विघटन हुन लागको संसद पनि काँग्रेसले नै रोकेको बताए । उनले देशको विकास र देश निमार्णको महत्वपूर्ण पाटी काँग्रेस भएको दावि गरे ।
दुई तिहाइको सरकार हुँदा पनि प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले अहिले सरकारको नेतृत्व गरिरहेकाले अवको निर्वाचनपछि पनि देशको पहिलो पाटी काँग्रेस नै हुने ठोकुवा गरे ।
कार्यक्रममा पाटी सचिव नगेन्द्र विष्टले अव कालीकोटमा काँग्रेस कमजोर नभएको बताए । उनले अवको निवार्चनमा कालीकोटमा काँग्रेसलाई पहिलो पाटी बनाउन जिल्ला स्तरका नेता लागि परिरहेकाले अव स्थानीय नेता कार्यकताले पनि काँग्रेसको पालामा भएको विकासको बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको बताए ।
भ्रम फैलाइयो म काँग्रेसमा नै छु
केही दिन पहिले नेपाली काँग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरे भनेर आफ्नो विरुद्ध झुट्टा भ्रम फैलाएको नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य, २०७० सालको निर्वाचनमा काँग्रेस तर्फबाट समानुपातिक उम्मेदवार कर्णविर टमट्टाले बताएका छन् ।
शनिवार पचालझरना गाउँपालिकामा भएको अगुवा कार्यकता भेलामा उनले आफु आफ्नो मुख्य पाटी काँग्रेसमा नै रहेको बताए । उनले केही झुटा आश्वासन र लोपदेखाएर नेकपा माओवादी केन्द्रले आफुलाई माओवादीमा प्रवेश गरेको भनेर गलत प्रचार गरेको टमट्टाले बताए । पाटी भित्र आफु संक्रिय नहुँदा मलाई झुठो भ्रम छरेका मात्र हुन म आफ्नै पाटीमा रहेको छु । टमट्टाले भने



karnalipress
१५ माघ २०७८, शनिबार १७:४८