जन्मदिनको अवसरमा फलफुल र खाद्यान्न वितरण

८,श्रावण २०८० कालीकोट । जन्मदिनको अवसरमा जिल्ला अस्पतालका २७ जना विरामिलाई फलफूल र न्यानो काख सेवा समाजको संरक्षणमा रहेका १३ जना अनाथ वालवालिकालाई  खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

जिल्लाकाे शुभकालिका गाउँपालिका-५ मा जन्मेका समाजसेवि नविन शाहीले आफ्नो जन्मदिनको अबसरमा १३ जना अनाथ बालवालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री तथा , स्वास्थ्य सेवा कार्यालयमा भर्ना भएका २७ जना विरामिलाई फलफुल वितरण गरेका हुन् ।

बालवालिका सबैका साझा हुन,हाम्रो बालापनमा आफुले रमाएको स्मरणगर्दै आफुले विगतमा जन्मदिन मनाउदै गर्दा धेरै फजुल खर्च गरेर जन्मदिन मनाएकाे बताउदै यस पालिकाे जन्मदिनको अवसरमा केही सहयोग गरेको बताए ।

उनले भने जन्मदिन मनाउनका लागी जम्मा गरेको केहि रकम बाट आफुले बालवालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री तथा जिल्ला अस्पताल कालिकोटका बिरामीलाई सहयोग गरेको बताए ।

उनि नेपाली कांग्रेस नेपालको भातृ संगठन नेपाल तरुण दलमा आवद्ध रहेका शाही समाज सेवि भावनाका छन् ।जिल्ला अस्पतालमा सुत्केरी तथा गर्भवति महिला ७ जना,महिला तथा वालवालिका ११ जना र अन्य ९ जना विरामिलाई फलफुल वितरण शाहीले गरेको जिल्ला अस्पताल कालिकोटका सिं अनमि निरीक्षक दुर्गा शाहीले बताईन् ।

उनले भनिन् विरामिहरुको लागी पौष्टिक आहार आबस्यक हुने भएकाले यसरि यूवाहरुले विरामिलाई फलफुल दिदा विरामि खुसि हुने गरेको सि अनमि निरीक्षक शाहीले बताईन् ।

अबको आबस्यकता समाज सेवामा यूवाहरुको बढि भुमिका हुने भएकाले सहयोगी भावनाका साथ स्वास्थ्य कार्यालयमा आएर समन्वय गर्ने,भेटघाट गर्ने,छलफल गर्ने बाताबरणको विकास होस भन्दै नविन शाहीलाई जन्मदिनको शुभकामना दिईन् ।

न्यानो काख सेवा समाजको संरक्षणमा रहेका १३ जना अनाथ वालवालिकालाई आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न र शैक्षिक सहयोग गरेकाे भन्दै धन्यवाद समेत दिएका छन् ।
उनी अहिले खाँडाचक्र नगरपालिकामा बस्दै आएका छन् ।