
ललित विष्ट, कालीकोट। नेकपा एमालेको तर्फबाट फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार नगीन्द्र शाही नेशनलले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन्। आसन्न फागुन २१ को निर्वाचनमा बहुमतले जिताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तिब्र पारेका हुन् । कालीकोटबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शाहीले आफै उपस्थितमा घरदैलो अभियानलाई तिब्र पार्दै चुनावी प्रचारप्रसारको कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
निर्वाचन आयोगले तोकेको सीमामा रहेर आफूले चुनावी प्रचारप्रसार गरेको नेकपा एमाले कालीकोटले जनाएको छ । नेकपा एमालेले गरेका कामहरुबाट आम नागरिकहरु खुशी भएको एमाले नेता कुर्मराज शाहीले बताए । उनले चुनावी प्रचारप्रसारका क्रममा नागरिकहरुबाट आएको प्राप्त प्रतिक्रियाले यस्तो जनाएको बताए ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। नेकपा एमालेसहित, नेपाली कांग्रेसलगायतका दलहरुले पनि आफ्ना विभिन्न ५ वर्षे एजेण्डाहरु लिएर जनतामाझ भोट माग्न गइरहेका छन् ।




karnalipress
१८ माघ २०८२, आईतवार १८:५५