शिक्षकहरु लाई नेतृत्व विकास तालिम

फागुन २३, कालिकोट । शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवास्थापन विषयक तालिम सुरु भएको छ। कालिकोट जिल्लाको दुई वटा स्थानीय तहका २० जना प्रधानाध्यापकहरुको सहभागितामा पाँच दिने तालिम मान्ममा सुरु भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालिका, शिक्षा विकास तथा समन्वय ईकाइको समन्वय एवम् किर्डाक नेपालको आयोजनामा मंगलबार कार्यक्रम सुरु गरिएको छ ।

कार्यक्रममा विद्यालय नेतृत्व तथा व्यवास्थापन,शिक्षक कोचिङ् कोच,सर्भे नतिजा,पाठ अवलोकन र नोट लेखन,विद्यार्थी मुल्याङ्कनको प्रतिविम्ब,शिक्षकको पेसागत विकास योजना (पिडिपि), लेख रचना कार्य लगातका विषयमा शिक्षकहरुको नेतृत्व विकास गरिने सहयात्रा परियोजनाका कार्यक्रम संयोजक कृपराज जोशीले बताए ।

कार्यक्रममा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले शिक्षा क्षेत्र सुधारकालागी प्रधानाध्यापकहरुको मुख्य भुमिका रहेको हुदा सहभागी शिक्षकहरुले सिकेको कुरा व्यबाहारमा लागुगर्न अनुरोध गरे । कार्यक्रम फागुन २७ गते सम्म सञ्चालन हुने छ ।