
साउन ३१,कालिकोट । जिल्ला अस्पतालले तरुण नेता दमनराज शाहीले आफूमाथि अन्याय गरेको बताएका छन् । नेपाल तरूणदल कालिकोटका सचिव शाहीले पत्रकार सम्मेलनमा गर्दै जिल्ला अस्पताल कालिकोटबाट आफु अन्यायमा परेको गुनासो गरे ।
मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उनले आफू अस्पतालबाटै पीडित भएको बताए । अस्पतालको भलाइका लागि आफूले विगत १० वर्षदेखि गरेको सामाजिक सेवाको अपमान र अन्याय गरेको उनको भनाइ छ।
अस्पतालभित्र प्रवेश गर्न खोज्दा अस्पतालले आफूलाई जबरास्ती हिरासतमा बसालेर आफूलाई अन्याय गरेको उनले बताए । शाहीले भने, ‘मैले जिल्ला अस्पतालमा वर्षौँदेखि कहिले रगत अभाव हुन्छ, कहिले स्वास्थ्य साम्रगी अभाव हुन्छ, यस्ता समस्यालाई सावधान गर्दै आएको एक सामाजिक अभियान्तालाई अन्याय भयो ।’
उनल आफूलाई मात्र अन्याय नभइ जिल्ला अस्पतालले विभिन्न विषयमा अनियिमतता र बिरामीको लापरबाही गरेको समेत आरोप लगाए । नेता शाहीले जिल्लाको विकास निर्माणका सवालमा आफ्नो अभियान जारी रहेको बेला आफूलाई उही क्षेत्रबाट अन्यायमा परेको गुनासो गरे ।
यता अस्पताल प्रशासनले राति ११ बजे मदिरा सेवन गरेर अस्पतालभित्र प्रवेश गर्न खोज्दा सुरक्षा गार्डमाथि आक्रमण गरेको उनीमाथि पनि आरोप लगाएको छ । पत्रकार सम्मेलनमा विभिन्न तरुण नेतालगायत व्यक्तिहरुको उपस्थित रहेको थियो ।
karnalipress
३१ श्रावण २०७९, मंगलवार ११:३५