माओवादी केन्द्र कालीकोटको वैठक जारी

२३,माघ कालीकोट। नेकपा माओवादी केन्द्र कालीकोटको वैठक दुई दिन यता जारी रहेको छ । जिल्लाको नयाँ नेतृत्व चयन संगै अन्य बिषयमा छलफलका लागि माओवादीका प्रदेश कमिटि सदस्य, स्थानीय तहका अध्यक्ष,उपाध्याक्ष,सचिव र निर्वाचित प्रतिनिधिहरु बिचको वैठक जारी रहेको छ ।

वैठकले संघिय संरचना अनुसार जिल्ला समन्वय समितिको गठन गर्ने श्रोतले जानकारी दिनएको छ । अध्यक्ष,सचिव र अन्य सदस्य रहेको जिल्ला समन्वय समिति वनाउने माओवादी केन्द्रको बिधानले ब्यवस्था गरेको छ ।

अध्यक्षमा लक्ष्मी चौलागाई शैलेन्द्रको चर्चा चलिरहेको छ भने सचिवमा खड्गराज सेजुवाल,जगतवहादुर शाही, डम्वर शाही, अनन्त बिश्वक्रर्मा लगाएतका नेताको दावी छ।

वैठकमा माओवादी केन्द्रका कर्णाली प्रदेश सह-इन्चार्ज महेन्द्रवहादुर शाही, प्रतिनिधि सभा सदस्य दुगवहादुर रावत, राष्ट्यि सभा सदस्य जिवनवहादुर वुढा, केन्द्रीय  सदस्य यसोदा न्यौपाने,बिस्नुवहादुर बिक लगाएतका नेताहरुको सहभागीता रहेको छ ।