जुम्लामा मानिसलाई घाइते बनाउँदै हिँडेकाे भालु मारियाे

श्रावण २८, जुम्ला। जुम्लामा मानिसलाई टोकेर घाइते बनाएको भालु मारिएको छ । चन्दननाथ सिगाचौरमा गोठमा पसेको भालुले सुरक्षाकर्मीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानेर मारिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

भालुलाई सुरक्षित रूपमा नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न आएपछि मारिएको प्रहरीले जनाएकाे छ ।

भालुले चन्दननाथमा तीन जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले जानकारी दिनुभयो । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।