केन्द्रीय सह–महामन्त्री वा कर्णाली प्रदेस सभापतिमा उम्मेदवारी दिने नेता शाहीको तयारी

कालीकोट ।‘नेपाली कांग्रेसको अगामि महाधिवेशन बाट पाटीमा आमुल रुपान्तरणको खाचो रहेको युवा नेता भुपेन्द्रजङ शाहीले बताएका छन् । उनले भने, ‘पार्टी अब पुरानो तरिका, गतिहिन, परम्पराबादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बाद को राजनिति अन्त्य हुन पर्छ।’

युवा नेता शाहीले अहिलेको युग सुचना प्रबिधिको युग भयकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नु पर्ने बताए । युवा नेता शाहीले भने, ‘नेपाली कांग्रेस मजबुत र ससक्त पार्टी बनाउन अब कांग्रेसमा संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अति आवश्यक भइसकेको छ । नेपाली कांग्रेसलाइ अब समयको गति सँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नु पर्छ।’
उनले भने, ‘जनताले नेकपाको बिकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पारा बाट चलेर हुदैन बिगतका कमि कमजोरीहरु लाइ सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टी बन्न पर्छ।’
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । नेपाली कांग्रेसको तर्फबाट आफु दूइ दूइ पटक सांसदको उम्मेदवार भईसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाइ गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोल सम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए।
उनले भने, ‘म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन । जनताको सेवा, गाउको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उद्देश्य हो । म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेस लाइ पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु ।’ युवा नेता शाहीले अबको दिनमा भात्तृसस्थाको राजनीति भन्दा पनि पार्टीकै मुल राजनितिमा होमिने बताए ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेसको नागरिक हुनुको नाताले युवा नेता शाही नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सह–महामन्त्रीमा उठ्ने प्रबल सम्भाबना रहेको छ । युवा नेता शाहीले भने, ‘अहिले आफु जिल्ला तिर संगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुक हरु सङ छलफल मै छु, आफुले सबै नेता कार्यकर्ता र साथीहरुको सर–सल्लाह बाट नै औपचारिक रुपमै उम्मेदवारी घोसणा गर्नेछु ।’