
ललित विष्ट,कालीकोट । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका ३ को लुइँयाटा देखि कालढुङ्गा हुँदै रकु जोड्ने सडकको शिलान्यास छ । आर्थिक वर्ष २०८२/०८३ को समपुरक ८० प्रतिशत र सान्नित्रिवेणी गाउँपालिकाको २० प्रतिशत गरी रू. ७ करोड १७ लाखमा ठेक्का आह्वान गरीएको थियो । जगदम्बा अभियान – ईभाना जे.भि.ले रू ५ करोड ९८ लाखमा सम्झौता गरी काम सुरु हो ।
उक्त लुइँयाटा खोला – कालाढुङ्गा – रकु सडकमा विष्फोटक पदार्थ सहितको शिलान्यास गरिएको हो । शिलान्यास पछि सान्नित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले आजकै मितिबाट विष्फोटक पदार्थ प्रयोग सहित निर्माण कार्य सुरुगरी समयका ट्रयाक खुलाउन निर्माण ब्यवसायीलाइ आग्रह गरिन । शिलान्यास कार्यक्रम पछि गाउँपालिका अध्यक्ष मोहन केसीले निर्माण कम्पनीलाई समयमै र गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न अनुरोध गरे।
यो सडक निर्माण सम्पन्न भएपछि सान्नित्रिवेणी गाउँपालिकाका विभिन्न वडाहरूको यातायात पहुँच सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यो सडक निर्माणसँगै सान्नित्रिवेणी गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालमा जोडिने छन्। विशेषगरी वडा नं.३ को लुइँयाटा हुँदै वडा नं.२ र वडा नं को लुसा सडकसन्जाल मार्फत पालिका केन्द्रसंग जोडिने छन । सबै वडालाई केन्द्रसँग जोड्ने लक्ष्यअनुसार चरणबद्ध रूपमा सडक सञ्जाल विस्तार गरिरहेको छ।
सडक शिलान्यासमा सानन्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी, उपाध्यक्ष पार्वती शिंह संज्याल,२ नं वडा अध्यक्ष,१ नं वडा अध्यक्ष बैकुण्ठ राज गिरी तथा
बसन्त बुढा,प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवाललगायतको सहभागीता रहेको थियो ।




karnalipress
१८ माघ २०८२, आईतवार १९:२१