चैत २२ कालिकोट। खाडाचक्र नगरका १०३५९ बालबालिकालाई टाइफाईट रोग बिरूद्वको खोप लगाईने भएको छ । पालिका स्तरीय खोपसमन्वय समितिसंग छलफल गर्दै खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई खोप लगाईने भएको हो ।
यश अघि रास्ट्रिय खोपका रूपमा नरहेको टाईफाईट खोप अब सरकारी मापदण्ड अनुसार रास्ट्रिय खोप अभियान अनुसारनै लगाईने भएको छ । नियमितखोपमा समाबेस गर्ने सरकारी लक्ष्य अनुसार नेपाल सरकारले खोप अभियानमा नेपालमा १३ खोप पुगेको छ । बिस्वमा पुर्ण खोपमा २३ खोप लगाईने गरेकोमा नेपालमा यस अघि नेपालका १२ मात्र रोगका खोप अभियानका सकाबेस थिय टाईफाईट खोप थपियो अब १३ वटा पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
टाईफाईट रोगले समयमा उपचार नपाए ज्यान लिने र हरेक बर्ष ४ लाख ५० हजार मानिस यो रोगबाट प्रभाबित भएको देखिएको साखा प्रमुख सेजुवालले बताए । उनले भने दुसित खाना र दुसित पानिका कारण सर्ने रोग भएकाले यो एक प्रकारको सरूवा रोग भएकोले नेपालमा १५ बर्षमुनिकालाई यो रोग देखिएको छ । आगामि दिनमा १५ महिना पूरा भए पछि एक मात्रा टाइफाईट रोग बिरूद्वको खोप लगाउन सुरू गरिने छ । यश पटकको अभियानका कालिकोट जिल्लाभर ६३ हजार बालबालिकाले खोप पाउनेभएका छन । खोप यहि चैत्र २५ गते देखि २०७९ साल वैशाख १८ गते सम्म सन्चालन हुने छ ।बिधालयलाई केन्द्रीत गरि खोप अभियान सन्चालन गरिने खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालको भनाई छ ।
बिधालयसगै सबै स्वास्थ्य सस्थामा पनि टाईफाईट बिरूद्वको खोप लगाईने छ। प्रत्यक खोपकेन्द्रमा एक जना महिला शिक्षिका ,सम्बन्धित स्वयमसेबिका र स्वास्थ्यकर्मि एक जना परिचालित हुने छन । अभियानभर व्यापक प्रचार प्रसार गरिने छ । माइकिङ गर्ने रेडियोवाट सुचना जिङगल प्रशारण गरिने सेजुवालले भनाई छ ।
कार्यक्रममा खाडाचक्र नगरका उपप्रमुख बिजया बिस्टले विभिन्न रोगको निधान र संक्रामक रोगको समयमा निधान गर्नका लागि खाडाचक्रले सबै वडामा सुरक्षित खानेपानि ब्यवस्थापन गर्न लागेको बताउनु भयो । कार्यक्रममा सञ्चारकर्मी प्रेमराज सिम्खाडाले सबै खोपसमुदायको पहुचमा पुर्याउन सञ्चारकर्मीको भुमिका अहम हुने बताए ।
कार्यक्रममा खाडाचक्र नथरका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र राज श्रेष्ठले टाईफाईट एउटा घातक रोग भएकाले खोप अभियानबाट समुदाय सुरक्षित हुने बताए । पानिका मुहान दुसित भएकाले अधिकांस मानिस यो रोगबाट संक्रमित हुने सम्भावना रहेकाले सरकारले यो अभियान राम्रो प्रभाबकारीरूपमा सन्चालन गर्ने बताए ।
karnalipress
२२ चैत्र २०७८, मंगलवार २०:००