कर्मचारीलाई जनताको सेवा छाडेर पार्टीको झण्डा वाेक्ने अधिकार छैन् प्रमुख जिल्ला अधिकारी शर्मा

चैत्र २४ ,कालिकोट। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले राष्ट्रसेवक कर्मचारीलाई निर्वाचनमा भोट हाल्ने अधिकार छ, तर सेवा प्रभावित पारेर खुल्लेआम पार्टीको झण्डा वोकेर हिड्ने अधिकार नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र निकट तिनवटा संगठनको बिहिवार मान्ममा आयोजित जिल्ला अधिवेशनमा सहभागी कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी शर्माले यस्तो निर्देशन गरेका हुन ।

जन्ताको सेवा छाडेर पार्टी संगठनको भेलामा आएका संयौँ कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई शर्माले समय अनुकुल बनाएर अधिकावेशन गर्नु पर्ने ठाउँमा सरकारी कार्यालयकै समयमा कर्मचारी जिल्लामा उपस्थित गराउनु उचित नभएको बताएका थिए ।
पेशागत हक हितकोलागी संघ संगठनमा आवद्ध हुनु राम्रो हो, तर, जन्ताको सेवा नै छाडेर जिल्लामा उप्केरै कर्मचारीको सहभागिता देखेपछी सरकारी कार्यालयमा सेवाग्रहीमा परेको असरप्रती सवैले चासो राख्नु पर्ने बताए ।

सिडियो शर्माले भने, अधिवेशन कुनै बिदाको समय पारेर गर्नु पर्ने हो, कार्यालय संचालनकै समयमा यत्तो कर्मचारीको संख्या सदरमुकाम मान्ममा हुदा उता गाउँमा सेवाग्राहीले कती हैरानी खेप्नु परेको होला । जिल्लाको प्रमुख जिल्ला अधिकारीको हैसियतले आफुले भनेको हुँ कुनै पुर्वाग्राहीका हिसावले मैले सुझाव दिएको हैन ।

एक संगठन भएपनी त्यती सेवा प्रभावित हुने थिएन, यहाँत तिन तिन संगठनका कर्मचारीचाहरु मान्ममा छन । अधिवेशन निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश देवकोटाको सभाअध्यक्षता, माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एशोदा न्यौपाने, लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा तिनवटा संगठनको एकै सभा र एकै दिन अधिवेशन उद्घाटन गरिएको छ ।