भारतमा भएको कराते च्याम्पियनशीपमा कर्णालीले पायो,२ स्वण,१ रजत

भारतको महाराष्ट्रमा भएको ८औं एसियाली गोजुरियो कराते च्याम्पियनशीप २०२४ मा कर्णाली प्रदेशबाट ३ जना खेलाडीले २ स्वण र १ रजत जितेका छन् । जसमा समिर खत्री र प्रेम सिंह तिरुवाले स्वर्णपदक जितेका छन भने, प्रकाश खड्काले रजत प्राप्त गरेका छन्। अन्य पदकसहित नेपाले एसियाकै टिम दोस्रे स्थान हासिल गर्न सफल भएको छ।

जुन ५ तारिक देखि ९ तारिकमा भारतको पुणेमा ८औं एसियाली गोजुरियो कराते च्याम्पियनशीप भएको थियो ।

प्रेम सिंह तिरुवाले भने कालीकोटको पचालझरनामा जन्मेका खेलाडी तथा प्रशिक्षक हुन् । उनले बिगत तिन वर्ष यता कालीकोटका स्थानीय तहमा गोजु रियो करातेका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । उनले खेल क्षेत्रमा धेरै खेलाडी उत्पादन समेत गरेका छन् । अन्य दुइ जना भने सुर्खेतका खेलाडि प्रशिक्षक हुन् ।