नेपाली काँग्रेस कालीकोटको सभापतिका पाँच आकाँक्षी

श्रावण २५, कालीकोट। नेपाली काँग्रेसको आगामी जिल्ला अधिवेशनका लागि सभापति पदमा पाँच जना आकाँक्षी वलिया देखिएका छन । पटक पटक सदैँ आएको अधिवेशन हुने मितिको अझै टुङगो नलागेपनि जिल्ला सभापतिका लागि भने पाँच जना तयार भएर आ आफ्नो पक्षमा मतदाता तान्न लागि परेका छन ।

जिल्ला सभापतिका लागि बिषेश गरी संस्थापन पक्ष र संस्थापन इतर पक्ष दुई भागमा बिभाजन भएर छलफललाई केन्द्रीत गरेका छन । अघिल्लो अधिवेशनमा रामचन्द्र पौडेल समुहवाट सभापतिमा निर्वाचित हुनु भएका हर्षवहादुर बम यसपालि पनि दोहोरिने पक्षमा हुनुहुन्छ भने उहाँकै समुहवाट नेता अम्मवहादुर शाही र उपसभापति शंकर प्रसाद उपाध्यायको पनि दावी रहेको छ ।

संस्थापन पक्ष अर्थात देउवा समुहवाट वर्तमान सहसचिव दमनवहादुर शाही र महासमिति सदस्य मोतीराज बमको दावी छ । शाही बम एक अर्कालाई समर्थन गर्ने पक्षमा छैनन । दुवै जनाले बिभिन्न सञ्चारमाध्यममा उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका छन । पुर्व पत्रकार र लेखकको परिचय वनाउनु भएका नेता मोतीराज बमले अवको कालीकोट काँग्रेसको नेतृत्व आफुले पाउने कुरामा दुई मत नभएको भन्दै आफ्नो समुहका नेता शाहीको पालो अहिले नभएको भनिरहेनु भएको छ ।

उहाँले अर्को समुहवाट उम्मेदवारी दावी हुनु स्वभाविक भएको भन्दै देउवा समुहवाट आफु वाहेक अरुले दावी गर्ने ठाउँ नभएको तर्क गरिरहनु भएको छ । नेता बमले पालो सबैको आउछ । हामी यती धेरै वर्ष कुरेर वसेका छौ, अरुले पनि सभापतिका लागि केही वर्ष कुर्नु पर्ने तर्क राख्दै आउनु भएको छ । सभापतिका दावेदार सहसचिव दमनवहादुर शाहीले यस अगाडीका सभापति पनि ३८ देखि ४० वर्ष समुहकै भएकाले आफ्नो उमेरले पनि सभापति दावी गर्ने ठाउँ भएको वताउनु भयो ।

उहाँले जिल्लामा काँग्रेसको संगठन निमार्ण गर्ने देखि हरेक समस्या संग लढ्दा आफु नै अग्रमोर्चामा भएकाले पार्टीले आफ्नो भुमिकालाई जनिकवाट हेरेकाले अवको सभापतिको उम्मेदवार आफु नै भएको दावी गर्नुभयो । उहाँले युवा पङती आफुसंग भएको र काग्रेसको जिल्लाको हरेक नेतृत्व दाहि भुमिकामा आफु भएकाले पाहुना नेतालाई सभापति मान्न नसकिने दाउमा हुनुहुन्छ ।

नेता मोतीराज बम प्रया काठमाण्डौमै कर्मथलो वनाएर वस्दै आउनु भएकाले उहाँको प्रहार बम तिर रहेको वुझिन्छ । पौडेल समुहवाट सभापतिमा निर्वाचित हुनुभएका हर्षवहादुर बम पनि वलियो दावेदारका रुपमा प्रस्तुत हुनु भएको छ । जिल्लामा पार्टी कार्यलय निमार्ण देखि केही सुधारका काम सुरु भएका र पुरा गर्नका लागि आफ्नो खाँचो रहेको भन्दै सभापतिका लागि दावी गरिरहनु भएको छ । नेता अम्मवहादुर शाही पनि पटक पटक सभापतिको दावीवाट पछि हटेकाले यसपाली आफुले पाउनु पर्ने भन्दै कम्मर कसेर लाग्नु भएको छ ।

उपसभापति शंकरप्रसाद उपाध्याय पनि आफ्नो समकक्षी सस्थापन पक्षका दमनवहादुर शाही संगै आफु पनि चुनाव लढेर सभापति वन्ने भन्दै सभापतिको दावी गरिरहनु भएको छ । शाही प्रदेश ख सभापति र उपाध्याय प्रदेश क सभापति समेत हुनुहुन्छ । यसरी हेर्दा दुवै समुहमा वलियो उम्मेदवारका रुपमा निर्वतनमा सभापति हर्षवहादुर बम र दमनवहादुर शाही देखिएका छन । साथै सस्थापन पक्षका मोतीराज बम पनि वौद्धिक क्षेत्रका हिसावले वलियो मानिएपनि जिल्ला वाहिर वस्दै आएकाले उहाँको पक्षमा मतदाता कम हुने सस्थापन पक्षकै भनाई छ । अन्तमा आएर संस्थापनले दमनवहादुर शाही र पौडेल समुहले हर्षवहादुर बमलाई नै उम्मेदवार वनाउने सम्भावना रहेको वहुमत नेता कार्यकर्ताको भनाई छ ।