मुख्यमन्त्री भलिबलमा नरहरीनाथको जित

कालिकोट।  मुख्यमन्त्री भलिबल कपमा कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिकाको टिमले जित हात पारेको छ । कार्तिक १३ गते देखी खाडाचक्र नगरपालिकाको पञ्चदेवल माविमा सुरु गरीएको महिला तथा पुरुष भलिबल फाइनलमा पुगेका खाडाचक्र नगरपालिका र नरहरीनाथ गाउपालिका बिचको खेलमा नरहरीनाथ गाउपालिको टिम बिजयी भएको छ ।

फाईनल खेलमा दुई पटक स्थगीत भएपनि अन्नत नरहरीनाथ गाउपालिकाले जित हात पारेको हो । पहिलो नरहरीनाथ गाउपालिका, दास्रो खाडाचक्र नगरपालिका, तेस्रो पचालझरना र चौथो शुभकालिका गाउपालिका भएका छन । यसै गरी महिला भलिबल खेलमा पहिलो खाडाचक्र नगरपालिका दास्रो शान्नि त्रिवेणी गाउपालिका, तेस्रो रास्कोट नगरपालिकाको टिम बिजयी भएका हुन ।

कर्णाली प्रदेश स्तरीय हुने खेलमा छनोट गर्नको लागी जिल्लामा महिला र पुरुष भलिबल छनोट खेल भएको थियो । पुरुष भलिबलमा नरहरीनाथ गाउपालिकाले जित हासील गरेपनि प्रदेश खेल्न जिल्लाका ९ वटै पालिकावाट खेलाडीहरु छनोट गरेर लिने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । गत बर्षको मुख्यमन्त्री भलिवल कपमा कालिकोटले महिला टिमले म्याडल जितेको थियो ।

भलिबल खेलमा कर्णाली प्रदेशकै कालिकोटले पछिल्लो समय खेलक्षेत्रमा साग गुमाएको देखीन्छ । प्रतियोगीता बाहेक अन्य समयमा पनि खेलाडीहरुलाई अनिवार्य प्रशिक्षण आबश्यक पर्ने भएपनि कालिकोटको रास्कोट नगरपालिका र पलाता गाउपालिका बाहेक अन्य स्थानिय तहमा खेलाडी उत्पादन गर्न खेल शिक्ष नियुक्त गरीएको छैन । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा रहेका मुख्यमन्त्री कपमा खाडाचक्र नगरपालिका सह आयोजक रहेको थियो ।