उपप्रमुख शाहीद्वारा विद्यार्थीलाई स्कुल ड्रेस वितरण

कालिकोटको तिलागुफा नगरपालिका वडानम्बर ९ को लुब्रमा रहेको सत्यनारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले स्कुल ड्रेस वितरण गरिएका हुन्।

आफूहरुले स्थानीय निर्वाचनमा स्वास्थ्य शिक्षा रोजगारलाई पहिलो प्राथमिकता राखेकाले यो सहयोग पनी शैक्षिक सुधारको एक अंस भएको र यस विद्यालयमा अध्ययनरत विध्यार्थिहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उदेश्यले विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको उपप्रमुख शाहीको भनाई छ ।

विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन स्कुल ड्रेसको खाचो रहर्दैआएकोमा आज नगरपालिकाले ड्रेस वितरण गर्दा विद्यार्थीहरु खुसी भएको प्र.अ कुल खत्रीले जानकारी दिए । कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुको सहभागीता रहेको थियो ।