
कार्तिक ८,कालिकोट कालिकोटको प्रतीमा चोकमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन् । बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा राखिएको अवस्थामा फेलापारेका थिए ।
कालिकोटमा फेला परेका दुवै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२०३४ प ३८३० लेखिएको छ । सान्नीत्रिवेणी गाउँपालिकाका स्थानीय चलाउने गरेको प्रहरीले जनाएको छ । अहिले ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ । तत्काल दुइ बाइक र तिन जनालाई प्रहरीले नियन्त्रणमा लगेको जनाएको छ ।
karnalipress
८ कार्तिक २०८०, बुधबार १७:०६