
धनगढी: कैलालीका एक युवकमाथि ठगीको आरोप लागेको छ। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलालीको लम्कीका खेमराज खनाललाई पक्राउ गरेकाे हाे।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ।
पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। @dineshkhabar



karnalipress
२१ श्रावण २०७८, बिहीबार १९:३६