७७ वर्षको उमेरमा नागरिकता

ललित विष्ट २६, कालिकोट । जन्मेको ७७ वर्षपछि नेपाली नागरिकता पराप्त गका छन्। कालिकोटको नरहरिनाथ गाउँपालिका—४ का कृष्ण कामीले ७७ वर्षको उमेरमा आइतबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट नागरिकता पाएका हुन्।
हरेक नागरिकले नागरिकताको प्रमाणपत्र आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पाउँछन्। तर कालिकोटका केही दुर्गम ठाउँमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएका मानिस अहिले पनि छन्।
नागरिकता किन बनाउनुपर्छ, फाइदा के छ, के काम गर्छ र कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा नरहरीनाथ गाउँपालिका—४ गोठीका कृष्ण कामीले ७७ वर्षको उमेरमा आइतबार नागरिकता पाउदा खुसी भएका छन्।

बुवा अम्मरे कामी र आमा पृर्थीमीका पाँच छोरी र पाँच छोरामध्ये साइला छोरा रहेका कृष्ण कामी २००२ वैशाख १० गते जन्मिएका थिय । कामी ६० वर्ष उमेर पुगेदेखि सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनु हुन। तर नागरिकता नहुदा उनले त्यो सामाजिक सुरक्षा पनी गुमाए। उनका भतिजा जंगे कामीले अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षाको रकम नपाएको बताए । बुवा आमा सानैमा गुमेकाले एक्लो रहँदै आएका उनी सानैदेखि नागरिकताबाट वञ्चित थिए ।

गरिबी र अशिक्षाले गर्दा रोजगारीको लागि १५ वर्षको उमेरमै भारतको मुम्बई गएका कारण नागरिकता पाउनु नसकेको कृष्ण कामीले बताए । उनले भने ‘नागरिकता नहुँदा हरेक काममा समस्या आउने रहेछ तर आज नागरिकता पाएँ। धेरै खुसी छु। बल्ल खुसीको सास फेर्न पाएँ। अब सामाजिक सुरक्षा भत्ता लगायतका अन्य कुरामा सहज हुनेभयो।’  उनका सबैको निघन भएकाले उनले आफ्नो भतिजा जंगे कामीको साथबाट नागरिकता लगेका हुन उनले आल सम्म पाउने नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको १७ वर्षको रकम पनी गुमाएकम छन्।