
कालीकोट।
–कसैको टिको थापेर होइन आफ्नै पराक्रमले गाउँको झुपडीमा जन्मेर इमानको राजनीति गरेर देश परिवर्तनको मिसनमा अनवरत लागि रहनुभएको व्यक्तित्व ।
– विद्यालय जीवनदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा लागेर निखारिदै, आफू रहेको संगठनलाई प्रभावकारी र चलायमान बनाउँदै कर्ममा विश्वास गरेर अगाडी वढ्ने चलायमान र प्रभावशाली व्यक्तित्व ।
– ईतिहासको एउटा कालखण्डमा वीपीले देशका लागि देख्नु भएको सपनालाई एक्काइसौं शताव्दिका कर्णालीका युवाको आजको सपनासंग एकाकार गरेर नेपाली कांग्रेस कर्णालीलाई समृद्ध बनाउने दृढ संकल्प भएका युवा नेता ।
– राजनीतिक जीवनमा आएका विकराल परिस्थितिबाट कदापी विचलित नभई राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई शिरोपर गरी परार्थीपूर्ण राजनीति गर्ने सतिसाल प्रवृत्ति भएका युवा नेता ।
– भिन्न भिन्न समुदाय, भिन्न भिन्न जाती, भिन्न भिन्न वर्गलाई वीपीको समावेशी मूलक सिद्धान्तलाई अवलम्वन गरेर फराक र उदात्त कर्णाली कांग्रेस बनाउन सक्ने सामर्थ्य भएका व्यक्तित्व ।



karnalipress
११ मंसिर २०७८, शनिबार ११:०२