कर्णालीको मुख्यमन्त्री बन्दै जीवनबहादुर शाही

भाद्र १८,कालिकोट। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्न लागेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा सत्तारुढ गठबन्धन बीच भएको सहमति अनुसार ६-६ महीना सरकार चलाउने सहमति भएको थियो।

अवको केही सातामा कांग्रेस नेता जीवनबहादुर शाही नेतृत्वमा सरकार गठन हुने भएको हो। गत २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपाको विघटन भएसँगै एमाले र माओवादी ब्युँतिएका थिए। त्यसपछि ३ चैत २०७७ मा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गरेको थियो।

फ्लोर क्रस गरेका चार सांसदलाई एमालेले कारबाही गरेपछि माओवादी र कांग्रेसको संयुक्त सरकार बनाउनने र मुख्यमन्त्री शाहीले कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको थियो। त्यही सहमति अनुसार अब कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्न लागेको एक सांसदले जानकारी दिए।