महावै माओवादी केन्द्रका उम्मेदवार भिजन र बिनिता सर्वसम्मत चयन

बैशाख ६,कालिकोट। २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) महावै गाउँपालिका कालिकोटले पार्टीको तर्फबाट पालिका अध्यक्ष र उपाध्यक्षका लागि सर्वसम्मत चयन गरेको छ ।

पालिका अध्यक्षका लागि चर्चित युवा नेता पार्टी प्रदेश समिति सदस्य तथा महावै गाउँपालिका इञ्चार्ज खेम बहादुर सिंह (भिजन) र उपाध्यक्षका लागि चर्चित महिला नेतृ पार्टी प्रदेश समिति सदस्य तथा महावै गाउँपालिका सह इञ्चार्ज बिनिता शाहि (काफ्ले) सर्वसम्मत चयन हुनु भयको छ।

नेकपा (माओवादी केन्द्र) तिलागुफा नगरपालिकाले यस अघिनै सर्वसम्मत रुपले उम्मेदवार टुंगो लगाइ सकेको छ जसमा नगर प्रमुखमा दिनेश चदारा र उप प्रमुख मा गिता कुमारी थापा रहेका छन भने जिल्ला का ७ वटा पालिकामा अझै उम्मेदवार टुंगो लगाउन बाकि रहेका छन ।