कांग्रेस नेता निलो तिरुवा सहितको टाली एमालेमा प्रवेश

बैशाख १२,कालिकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता निलो तिरुवा सहित ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन । लामो समयदेखी नेपाली कांग्रेसमा रहेका नेता तिरुवव २०७४ सालको स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका वडा नम्बर ११ को सडा सदस्यमा निर्वाचित सदस्य पनी हुन ।

सोमवार एक कार्यक्रमका बिच एमालेको पार्टी कार्यालय मान्ममा ५० जना कार्यकर्ता साथमा ल्याएर प्रवेश भएका हुन । लामो समयदेखी नेपाली कांग्रेसमा गरेको योगदानको कदर नभएको भन्दै आफु सहित कार्यकर्ता एमालेमा ल्याएको बताएका छन ।

तिरुवा सहित अन्य नेता कार्यकर्तालाई एमाले कन्द्रिय सदस्य नगेन्द्र शाही (नेशनल) र पार्टी अध्यक्ष तथा खाँडाचक्र नगरपालिका मेयरका उम्मेदवार जसीप्रसाद पाण्डेले स्वागत गरेका हुन । प्रवेश हुनेमा नेपाली कांग्रेस, समाजवादी पार्टी र माओवादी रहेको एमाले कालिकोटले जनाएको छ ।