
ललित विष्ट असोज ३० कालिकोट । महाबै गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका भित्रका १ हजार ६ सय घरधुरीको वीमागर्न सुरु गरेको छ। बाढी पहिरो,आगलागी तथा अन्य विपद्बाट हुने जोखिम कम गर्न गाउँपालिकाले सबै घरधुरीको वीमागर्न सुरुगरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड संग सम्झौता गरी मंगलबारदेखि वडानम्बर १ बाट विमा सुरु गरेको हो। घरको मुल्याङ्कनका आधारमा वीमा रकम निर्धारण गरिने भएको छ । बार्षिक रुपमा गाउँपालिकाले वीमा कम्पनीलाई तिर्नु पर्ने न्युनतम वीमाशुल्क रु ५ सय ८७ रुपैया ६० पैसा भन्दा बढी वीमा शुल्क आएमा बाँकी वीमा शुल्क सम्बन्धीत घरधनीले तिर्ने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
महावै गाउँपालिकामा यो भन्दा पहिलेका वर्षहरुमा बाढि पहिरोले क्षेती गरेको थियो । फेरी पहिले जस्तै क्षेती भएमा वीमाले बेहोरर्नेगरी वीमागर्न सुरु गरीएको बताइएको छ । कालिकोटमा सबै घरधुरीको वीमा गर्ने महावै पहिलो गाउँपालिका हो । अहिले सम्म विपदबाट हुने क्षेतीलाइ मध्यनजर गरेर वीमा सुरु गरेको गाउँपालिकाले जनाएको छ।
karnalipress
३० आश्विन २०८०, मंगलवार १६:२९