
ललित बिष्ट श्रावण ७ कालिकोट, जिल्ला अस्पताल कालिकोटमा बुधवार अक्सिजन प्लान्ट जडान गरीएको छ।
कोभिड विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रबिधिका लागि Gene X-pert मेसिन installation गरिएको र सोही दिन जिल्ला अस्पतालमा दैनिक ४० लिटरका दरले ४० देखि ५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले बताए ।
कर्णाली प्रदेश सरकाको सहयोगमा बुधबार पाईपलाईन सहिको मिनि अक्सिजन प्लान्ट जडान गरीएको छ नियमित अक्सिजन प्लान्ट मेसिन संन्चालनका लागि पर्याप्त बिधुत आपूर्तिको आवश्यक भएकोले नियमित बिधुत आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन्। गएकाे लकडावनकाे बेला जिल्लामा अक्सिजन सिलिन्डरको अभावमा काेभिड बिरामीलाई रिफर गर्नु परेको थियो।



karnalipress
७ श्रावण २०७८, बिहीबार ०८:१५