खानेपानीको समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष ताम्राकार

जेष्ठ १८,कालिकोट। खानेपानिको अभाव र समस्या झेल्दै आएको मान्म बजारको समस्या हल हुने भएको छ । स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिकाको वडान-१ मा विजयी भएका अध्यक्ष धर्मराज ताम्राकार, खानेपानि समस्या सुधार समिति सहितको टोलि एक हप्ता देखि लगातार खानेपानि मर्मत सम्भारमा लागि परेका छन् ।

ताम्राकार वडा अध्यक्ष भइसके पछि आफै खानेपानि मर्मत सम्भारमा लागेको देखेर नागरिकहरु खुशि भएका छन् । यस अघि खानेपानिको हाहाकार हुंदा वडा कार्यालयमा खालि भांडा प्रदर्शन,पाईपलाईन प्रदशन गरेका मान्म बजारवासिको पिडा बुझेर आफुले खानेपानि र फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। उनले आउने दिनमा सदरमुकाम खानेपानिको न्युनिकरणमा विशेष जोड दिने बताएका छन् ।

करिव २० वर्ष अघि स्थापना भएको खानेपानि तथा उपभोक्ता समितिले अहिले सम्म साधारण सभा तथा सामाजिक लेखापरिक्षण नभएको र संस्थापक अध्यक्ष तथा यस अघिका वडा न. १का वडा अध्यक्ष गणेश बहादुर शाही रहेको बताइएको छ ।

यस सम्बन्धमा वडा अध्यक्ष धर्मराज ताम्राकारले हिसावकिताव देखि सम्पूर्ण कामको बारेमा प्रमुख जिल्ला अधिकारी सहित पूर्व वडा अध्यक्ष गणेश बहादुर शाही संग परामर्श गरेको र अवको केहिदिनमा १५ दिने सुचना गरेर नयाँ समिति गठन गरिने बताईएको छ ।

उनले भने बैकल्पि योजना गरेको छौं, युवा ब्यवास्थापनलाई प्रथमिक्ता गरेको र आउने मसान्तबाट नयाँ बजेट बिनियोजन गरि नयाँ काम गर्न भएकाले अहिले खानेपानि समस्या सामाधानमा लागेका छौं।