
चैत २७,कालिकोट । कालिकोट स्वास्थ्य सेवा कार्यालय कालिकोटले सार्वजनिक खरिद एैन बिपरित रहेर आफै अस्पताल भित्र क्यान्टेन संचालन गरेको छ ।सार्वजनिक ठेक्का कोटेशन गर्नुको साटो एैन नियम बिपरित आफैले उपभोक्ताको अधिकार हनन्गर्दै अस्पतालभित्र बिरामीलाई निशुल्क दिने खाना क्यान्टेन संचालन गरेको हो ।
सार्वजनिक खरिद एैन २०७३ अनुसार कुनैपनी सार्वजनिक संस्थाले एकलाख भन्दा माथी कोटेशन आह्वान गर्नु पर्ने व्यवस्था छ । तर, स्वास्थ्य सेवा कार्यालयले अस्पतालका बिरामीलाई खाना खुवाउनका लागी गर्तवर्षका दिनहरुमा घटिघटाउ कोटेशन आह्वान गर्ने गरेको थियो । केही महिना देखी अस्पतालले कोटेशन आह्वान नगरेरै आफैले खाना खुवाउदै गरेको भेटिएको छ ।
यस विषयमा स्वास्थ्य सेवा कार्यालयले फर्महरुले बिरामीहरुलाई गुणस्तरहिन खाना खुवाएको गुनासो आएपछी अस्पतालले आफै खाना खुवाउने गरेको अस्पतालले बताएको छ ।विगतमा खाना खुवाउनका लागी कोटेशन गरिएकै हो, तर, घटिघटाउ एकछाक खानाको ५ रुपैयाँ देखी बढीमा १० रुपैयाँमा खाना खुवाउने गरेकाले आफैले खाना खुवाउने गरेको नि.स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नविर सुनारले बताए ।
खानामा गुणस्तरहिन भएपनी निकै दुःख पाएर सेवाग्राहीले कार्यालयमा गुनासो गरेपछी अहिले आफैले गुणस्तरीय खाना खुवाई रहेका छौँ व्यवस्थापक डा.सुनारले बताए ।, वार्षिक १४ लाख बिरामीको खानाका लागी आउछ, तर घटिघटाउमा खाना खुवाउदा बिरामी मर्कामा परेको डा. सुनारको भनाई छ ।
डाक्र सुनाले भने, ‘अहिले बिरामीले घरकै जस्तो खाना खान पाएका छन, पहिले कोटेशन गर्दा कमजोर खाना खुवाउने, वासी त्यासी दिने, कहिले खानै नदिने गुनासो आएपछी सेवाग्राहीको पिर मर्कालाई मध्यनजर गर्दै आफैले खाना खुवाई रहेका छौँ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले उपभोक्ताको अधिकार संस्थाले खोस्न नहुने बताए । सार्वजनिक खरिद एैन नियम अनुसार चल्नु पर्ने हो। उपभोक्ताको अधिकार उपभोक्तालाई दिनुपर्ने हो यस विषयमा वुझ्ने शर्माले बताए । सम्झौता अनुसार फर्मले काम नगरे वरु धरौटी जफत गरी अर्कोलाई दिनु पर्ने कानुनी प्रर्वाधान समेत रहेको छ । विगतका दिनहरुमा अस्पतालले कोटेशन आह्वान गथ्र्यो, अहिले हामिहरुको अधिकार खोसेर आफैले खाना खुवाइरहेको स्थानिय वासिहरुले गुनासो गरेका छन ।



karnalipress
२७ चैत्र २०७८, आईतवार १८:३४