एमसीसी विरुद्धको आन्दोलन चर्किँदै सुर्खेतमा कर्फ्यु !

फाल्गुन १६,सुर्खेत – एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ । प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साेमवार सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई जानकारी दिए ।

उनले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएको बताए । आन्दोलनकारीले आज विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्, अवस्था तनावपूर्ण रहेको छ