राष्ट्रिय प्रसारण लाईन र टेलिफोन टावर छिटै सञ्चालनमा ल्याउने सहमति

ललित बिष्ट जेठ ११,कालिकोट ।  महावै गाउँपालिकाको पादघाट सम्म तत्कालै राष्ट्रिय प्रसारण लाईन र टेलिफोन टावर पुर्‍याउन सहमती भएको छ । महावै गाउँपालिकाको पादमघाट सम्म राष्ट्रिय प्रसारण लाईन पुर्‍याउन सहमति भएको हो ।

 महावै गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष खेम वहादुर सिंह भिजन र जिल्ला प्रशासन कार्यालय प्रमुख,नेपाल टेलिकम प्रमुख, बिधुत प्राविधिकरण प्रमुख विच परामर्श गरि पादमघाट सम्म तत्कालै राष्ट्रिय प्रसारण लाईन पुर्‍याउने र महावै गाउँपालिका सञ्चारका लागि ढिम्नियामा टावर छिटै सञ्चालनमा ल्याउने सहमति भएको बताइएको छ ।

ओझेलमा परेको विधुत लाईनको स्थलगत अनुगमन गरि अवको केहि महिनामा महावै गाउँपालिकाकामा राष्ट्रिय प्रसारण लाईन र टेलिफोन टावर निमार्ण गरि सक्ने गाउँपालिका अध्यक्ष खेमवहादुर सिंह (भिजन)ले बताएका छन्।