
ललित विष्ट भाद्र ५,कालिकोट । बर्षैदेखि जग्गाजमिन र खास थातथलो नभएका कालिकोटका बादी समुदायलाई बर्षातको पानीले हैरान बनाएको छ।
खाँडाचक्र नगरपालिका—१को सडक छेउमा छाप्रोका घरमा बस्दै आएकि गंगा बादी अहिले पनि जग्गाजमिन बिनै बस्न बाध्य छन्। बादी समुदाय कालिकोट बस्न थालेको २१ वर्ष बितिसकेको छ। अहिल सम्म सरकारले जग्गाजमिनको व्यवस्थापन नगर्दा यो समुदायले धेरै समस्या खेप्नु परेको छ।
नेपालमा ब्यवस्था फेरीयो स्थानिय सरकार आयो अवत राम्रो जग्गाजमिन र घरमा बस्न पाईन्छ भने आशामा रहेका यस समुदायका नागरिक अहिले पनि जग्गाजमिनको अभावमा जस्तापाताको छाप्रोमा बस्न बाध्या छन्।
वर्षाैँ देखि यी नै पीडाबाट गुर्जिरहेका कृष्न बादी निर्वाचनमा आफ्नो बस्ती एजेण्डा बने पनि अहिले समस्या समाधान भने हुन नसकेको बताउन्छन् । ‘जग्गाजमिन विना यहाँ बस्न थालेको २१ वर्ष बित्यो । उनले भने ‘अहिलेसम्म सरकारले हामिहरुको समस्या बुझेकै छैन्।’
जग्गाजमिन बिना कालिकोटमा बस्दै आएका १४ घरपरिवार रहेको बादी समुदायलाई २१ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन् ।
दुई घर परिवारलाई ६ बर्ष अघि जन्ताआवासले घर बनाई दिएको थियो। ति पनि वर्षातले भत्कीनलागेका छन्। अरु सबै भाडाका घरमा बस्दै आएका छन्। अहिले उनीहरू बिहान देखि साँझसम्म अरूकै घरमा ज्याला मज्दुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन्। अहिले उनीहरूसँग न त जमिन छ । न त आफू बस्ने घर नै छ।
‘बर्षातको समयमा झन धेरै समस्या थपिएको छ। भाडाका घर पनि भत्कीदैगएका छन्। अब काहाँ बस्ने हो। ज्यान जोगाउन राति आफन्तको घरमा सुत्न जाने गरेको गिता बालिले बताईन् ।’
कर्णालीका वादी समुदायले व्यवस्थित बसोबासको मागगदै आएको धेरै भयो । सरकारले ब्यवास्था नगर्दा समस्या जिउका तिउ छन्। राष्ट्रिय भूमि आयोग कालिकोटमा निवेदन दिदा पनि अहिले सम्म सुनवाई नभएको उनिहरुको गुनाशो छ।
राष्ट्रिय भूमि आयोग कालिकोेले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि अहिले सम्म कुनैकाम नगरेको पाइएको छ। राष्ट्रिय भूमि आयोग कालिकोटका अध्यक्ष चित्रसिंह गाउँले कुनैपनि नयाँ कामको थलनि नगरेको बताए।
राष्ट्रिय भूमि आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि आयोगको केन्द्रीय कार्यालयबाट टोली कालिकोट आएपछि मात्र ३५ दिने सुचना निकालेर नयाँ काम थलनि गर्ने जनाएको छ। यता खाँडाचक्र नगरपालिकाले पनि उनहिरुको ब्यवास्थाको लागि चासो दिएको छैन्।



karnalipress
५ भाद्र २०७९, आईतवार २१:४८