
जेठ ३०,कालिकोट। जिल्लाको पलाता गाउँपालिका स्थित पलाँता अस्पतालमा जनशक्ति र औषधि अभावले सेवा प्रभाबित भएको जनताको जन गुनासो छ ।
बैशाख १ बाट नयाँ सरकारले तलभ नदि नसक्ने भनेपछि स्वास्थ्यकर्मी डिउटि गर्न छोडेका छन । औषधिको पुरानो बिल गाउँपालिका बाट भुक्तानी नहुदा नयाँ औषधि खरिद गर्न अस्पताल प्रशासनले नसकेको अस्पतालका कर्मचारीहरुको गुनासो छ ।
समयमा तलब नपाए पछि सम्पुर्ण शाखाका कर्मचारी लाई समेत सेवा दिन कठिनाइ भएको छ । शिक्षक नारायणसिंह बमको फेस्बुक स्टाटस मार्तत गुनासो गरेका छन्। एक्कासी म्याडमको पेट दुख्दा पलाँता हस्पिटल कालिकोटमा स्वास्थ्य जनशक्ति तथा औषधि सामग्रीको अभाव देखियो ।
सम्बन्धित निकायको समयमै ध्यानाकर्षण होस् । औषधि गर्न पलाँता पचालझरना बाजुरा देखि बिरामी आउछ्न औषधि र जनशक्तिको अभावले बिरामिले समस्या भोगि रहेका छन्



karnalipress
३० जेष्ठ २०७९, सोमबार १९:४६