दुई पालिका सडक सञ्जाल बिहिन

साउन ७,कालिकोट । कालिकोट जिल्लाको ९ वटा स्थानिय तह मध्य दुई गाउँपालिका अझै सडक सञ्जालमा जोडिन सकेका छैनन् । जिल्लाको विकट मानिने दुई गाउँपालिकाको नदीमा पुल नभएका कारण पलाँता गाउँपालिका र महावै गाउँपालिका सडक सञ्जालमा जोडिन नसकेका हुन् ।

महावै गाउँपालिका जोडनलाई सेरावाडाबाट पाद्म घाट जोड्न तिला नदिमा पक्की पुल निर्माण नहुदा गाउँपालिकाको वडाहरुमा सडक सञ्जालले छुन सकेको छैन ।पलाँता गाउँपालिका पूरै करिडोरबाट अलग छ । ‘

संघ सरकार र प्रदेश सरकारको ध्यान पुगोस् भनेर २०७६ फगुन १६ गते तेलका ड्रममाथि गाडी राखेर कर्णालीबाट तार्दा पनि ध्यान नगएको र अहिलेसम्म पुल नबनेको निवर्तमान गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम बताए । उनले आफुले पुलको ठेक्का भएको सुनेको तर काम कहिले सुरु हुने भन्ने कुनै थाहा नभएको बताए ।

नदिमा पुल नभएकै कारण जनप्रतिनिधि पनि घुमाउरो सडक भएर गाउँ पालिकामा जाने गरेका छन् । गाउँ पालिकाले केहि वडाहरुमा सडक खनिसकेको छ । नदिमा पुल नहुदा खनिएका सडक पनि प्रयोग बिहिन अवस्थामा रहेका छन् ।

‘अहिले सडक सञ्जालमा नजोडिएका दुई पालिका हुन अरु पालिकाका केहि वडाहरुमा सडक पुगाएको र स्तर बृद्घिको लागि पनि केहि बजेट छुटाएको आफुले सुनेको प्रमुख जिल्ला अधिकारी रामहरि र्शमाले बताए ।’ महावै गाउँपालिकाले जोडने तिला नदिमा पक्की पुल निर्माण नहुदा दुई घण्टा हिडेर गाउँपालिका पुग्नु पर्ने बाध्यता रहेको छ ।