टाईफाइड खोप सम्वन्धी अभिमुखिकरण सम्पन्न

चैत २२,कालिकोट । खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले स्थानिय तहलाई अधिकार सम्पन्न भएपनि जिल्ला स्तरको स्वास्थ्य सस्थाको महत्व वढिरहेको बताएका छन्। कोभिड प्रचारात्मक रूपमा वढि जोखिम मानियपनि टाईफाईड रोग अझै खतरा रहेकाले यो खोपलाई सबैले अनिवार्य लगाउनु पर्ने  बताउदै टाईफाईड रोग बिरूद्वको खोप अभियान तथा नियमित खोपमा टाईफाइड खोपको सुरूवात सम्वन्धी जिल्ला स्तरिय अभिमुखिकरण कायर्क्रमा वोल्दै प्रमुख पान्डेले सो कुरा बताएका हुन्।

स्वास्थ्य सेवा कार्यलय कालीकोटले आयोजना गरेको कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहेएका नगरपालिका प्रमुख पाण्डेले साना वालवालिकाको उमेरमा धेरै कुरा नवुज्ने भएकाले जोखिमवाट कमि ल्याउन यो अभियान अनिवार्य रहेको बताए। स्वास्थ्य सेवा कार्यलय कालीकोटका निमित्त डाक्टर रत्नविर सुनारले टाईफाईड रोग बिरूद्वको अभियान र औचित्यका वारेमा जानकारी गराउदै राष्टिय खोप सल्लाहकार समितिले सन २०२०मा नेपालमा पनि यश खोप सञ्चालनमा ल्याउन सिफारिस गरेकाले सुरूवात हुन एक वर्ष लागेको बताए उनले ढिलाईको कारण कोभिड भएको समेत बताए ।

टाईफाईड रोग असुरक्षित खानेपानिका कारणले हुने भएकाले यसवाट सुरक्षित हुन सबै घरपरिवारले ध्यान दिन सुझाव दिईएको छ । स्वास्थ्यका जानकारहरूले टाईफाईडले उच्च ज्वरो आउने, टाउको दुख्ने,जिउ दुख्ने, पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने आदी जस्ता लक्षण देखिने हुदा तुरून्तै स्वास्थ्य सस्थामा परिक्षण गर्दा थप जोखिमवाट वच्न सकिने बताए ।

पहिलो चरणमा टाईफाईड बिरूद्वको खोप लगाउने लक्षित उमेर समूह ६१९०२ रहेको छ । खोप अभियान चैत २५ गते देखि वैशाख १८ गते सम्म सञ्चालन हुने छ । तर कालीकोटका विभिन्न पालिकामा त्यस अगाडि अर्थात यहि चैत महिनामै खोप लगाईने छ भने केही पालिकामा नयाँ वर्ष पछि वैशाख १६ गते सम्म खोप सम्पन्न गरिने छ ।

जिल्लाको खाँडाचक्र नगरपालिकाले यहि २५ गते देखि ३० गते सम्म खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य सेवा कार्यलय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले सबै तहमा खोपका वारेमा अभिमुखिकरणको आयोजना गरिएको बताए । टाईफाईड रोगका वारेमा जानकारी दिदै डब्लुएचोका प्रतिनिधि डाक्टर स्मृती लामाले खानेपानि सरसफाईको कमिले सँक्रमण हुने हुदा यसवाट वच्न सुझाव दिईएको छ ।

टाईफाईड बिरूद्वको खोप जन्मेको १५ महिना देखि १५ वर्ष मुनिकालाई खोप केन्द्रीत गरिने छ । जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख अक्कलवहादुर मल्लको अध्यक्षता , खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको विशेष आथित्यतामा आयोजित अभिमुखिकरणमा नेपाली सेनाका म्याजर निरजप्रताप राणा, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख सिद्वराज न्यौपाने, शसस्त्र प्रहरी वलका प्रमुख रामवहादुर पालि वोगटी, राष्टिय अनुसन्धानका प्रमुख राम अचल शाह, डब्लुएचोका प्रतिनिधि डाक्टर चिकित्सक, स्वास्थ्यक्रमी, पत्रकारहरूको सहभागिता रहेको थियो । अभिमुखिकरणको सन्चालन स्वास्थ्य सेवा कार्यलयका अधिकृत गौराकुमारी घर्तिले गर्नु भएको थियो । कालीकोटमा खोप केन्द्र ३०४ रहेका छन । यिनै खोप केन्द्रमा गएर खोप लगाउन पाईने छ ।