
भाद्र ३१,जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा लिखित परिक्षामा नै सामेल नभएका उम्मेदवारलाई अन्तिम नामावलीमा छनोट गरिएको छ । गत श्रावण ३० गते गरिएको सार्वजनिक सुचना अनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो ।
जसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए । जसमा प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन लिस्टमा सपना न्यौपाने नाम नै नभएको पाइएको छ । यसरी लिखितमा नाम निकाल्न सफल उम्मेदवारहरुको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन । तर भाद्र २६ गते शनिबार लिइएको लिखित परिक्षामा चित्त नबुझेकोले लिखित सिकायत आएको हुँदा परीक्षा समितिले पुन चेकजाँच गर्दा डिकोडिङ्गमा भुलबस त्रुटि द्खिएको भन्दै लिखितमा सपना न्यौपानेले नाम लिकाल्न सफल भएको भन्दै नतिजा पुन संसोधिन गरिएको छ ।
जसमा सपना न्यौपानेको नाम समावेश गरिएको छ । यसरी उनको मौखिक परिक्षा भाद्र २९ गते लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश गरिएको छ । त्यहा उनलाई क्ल् ण्छठ कोडिङ्ग दिइएको छ जुन कोडिङ्ग लिखित परिक्षामा सदिक्षा रोकायाको हो । आवेदकहरुको लिस्टमा सपना न्यौपाने नाम नै छैन भने संसोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावें गरिएको छ, जहाँ उनलाई क्ल् ण्घढ कोडिङ्ग दिइएको छ ।
तर यो कोडिङ्ग भने सपना नेपालिको नाममा रहेको छ । यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङ्गमा गम्भीर भुल गरेको छ भने अर्कोतिर आवेदन नै नपरेको उम्मेदवारले एक नम्बरमा नाम निकालेर गम्भीर त्रुटि गरेको छ । नाममा गलत भएको हो वा थर लेख्दा त्रुटि भएको हो यस विषयमा प्रतिष्ठानले आफ्नो चाडै भुल सच्याउन जरुरी छ । साथै यो प्राविधिक त्रुटि हो कि वा राजनीति चलखेल भएको हो सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ ।



karnalipress
३१ भाद्र २०७८, बिहीबार २०:१५